कतै जाँदा बाटामै दुईपांग्रे बिग्रियो?, तेस्रो चक्काले मद्दत गर्छ

Monday, June 25th, 2018 | | सूचना/प्रबिधि

कतै जाँदा बाटामै दुईपांग्रे बिग्रियो ? डोहोर्याउदै बनाउने ठाउँ सम्म लिएर जानुपर्ने भयो ?
अब तपाईको चिन्ता केबल एउटा निशुल्क मोबाइल एपले दुर गर्नेछ । Third Wheel अर्थात तेश्रो चक्का, दुई पांग्रे सवारीसाधन धनी नेपालीहरुका लागी यस एप एउटा बरदान सावीत हुनेछ । माध्यमवर्गिय अर्थिक स्तर भएका अधिकांश नेपालीहरु दुई पांग्रे सवारीसाधनमा निर्भर रहेका छौं, यसको मर्मत, संभार लगायत अनि डोहोर्याएर बनाउने ठाउँ सम्म लिएर जाँदा हाम्रो धेरै समय अनि मेहनत खर्च हुने गर्दछ ।
Third Wheel मोबाइल एप एन्ड्रोइडका लागि प्ले स्टोर साथै एप्पलका लागि एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । यस एपमा आफ्नो अनि सवारी साधनको विवरणहरु दर्ता गर्नुहोस् अनि अब तपाईलाई चाहिएको समयमा Third Wheel (थर्ड व्हील) केवल एक क्लीक मात्र पर छ ।

थप अरु