सन्दीपको दिल्ली दोस्रो क्वालिफायरमा, पन्तको विस्फोटक ब्याटिङ

Thursday, May 9th, 2019 | | खेलकुद

नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग(आइपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

अब फाइनल प्रवेशका लागि दिल्लीले दोस्रो क्वालिफायरमा चेन्नाईको सामना गर्नेछ। ऋशब पन्तको विस्फोटक ब्याटिङ मद्दतमा बुधबार राति भएको इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै दिल्ली क्वालिफायरमा प्रवेश गरेको हो।

हैदरावादले दिएको १ सय ६३ रनको लक्ष्य दिल्लीले अन्तिम बल बाँकी रहँदा ८ विकेट गुमाएर भेटाएको थियो। ऋशब पन्तले २१ बलमा २ चौका र ५ छक्कासहित बिस्फोटक पारी खेल्दै टोलीलाई उपाधि नजिक पुर्‍याएका थिए।

त्यसअघि ओपनर पृथ्वी शाले ५६ रनको अर्धशतकीय पारी खेलेपनि अन्य ब्याट्सम्यान भने क्रिजमा लामो समय टिक्न सकेनन्। शिखर धवन १७, कोलिन मुन्रोले १४ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। उसका मार्टिन गुप्टिलले ३६ तथा मनिष पाण्डे ३० रन जोडे।

यस खेलमा दिल्लीले सन्दीपलाई भने सुरुवाती-११ मा मौका दिएको थिएन्।

थप अरु