पाकिस्तानको सबैभन्दा पुरानो मस्जिदमा बम आक्रमण, चार जनाको मृत्यु

Wednesday, May 8th, 2019 | | अन्तराष्ट्रिय

पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार शक्तिशाली बम बिस्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। अन्य १५ जना घाइते भएका छन्।

प्रहरीले बम आक्रमणको अनुसन्धान शुरु गरिसकेको जनाएको छ। मस्जिदभित्र महिलाहरु प्रवेश गर्ने मूलद्वार नजिकै बिस्फोट भएको हो।

यही मस्जिदमा सन् २०१० मा पनि आक्रमण भएको थियो। उक्त आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो।

इस्लामिक लडाकूहरुले पाकिस्तानमा प्रायः सुफी सम्प्रदायका व्यक्तिमाथि आक्रमण गर्ने गरेका छन्। पटकपटक आक्रमण हुन थालेपछि पाकिस्तान सरकारले यस मस्जिदमा सुरक्षा व्यवस्था कडा बनाएको थियो।

स्थानीय प्रहरी अधिकारी मुहम्मद काशिफले घटनाको प्रकृति हेर्दा आत्मघाती आक्रमण देखिएको बताए। उनले प्रहरीको सवारीमाथि लक्षित गरी आक्रमण भएको पनि जानकारी दिए। एएफपी

थप अरु