जापानमा कारले १३ जना बालबालिका किच्यो

Wednesday, May 8th, 2019 | | अन्तराष्ट्रिय

पश्चिम जापानको शिगा प्रान्तस्थित ओस्टू सिटीमा कारले किचेर कम्तिमा १३ बालबालिका घाइते भएका छन्। जसमध्ये ४ जना बेहोश रहेको प्रहरीले जनाएको छ।

जापान टाइम्स डटकमका अनुसार बुधबार बिहानै दुई वटा कार दुर्घटनामा पर्दा नर्सरी स्कूलका २–३ वर्षका बालबालिकाको समूहमाथि एउटा कार दौडेको थियो। जापानको सरकारी टेलिभिजन एनएचकेले बालबालिकासँग तीन जना सहयोगी पनि रहेको जनाएको छ।

प्रहरीले दुई जना कार चालक महिलालाई गिरफ्तार गरेको छ भने घाइते बालबालिकालाई अस्पताल लगिएको छ।

थप अरु