रोचक मोडमा प्रिमियर लिग, सिटी र लिभरपुल को बन्ला च्याम्पियन ?

Tuesday, May 7th, 2019 | | खेलकुद

इंग्लीस प्रिमियर लिगको उपाधि यात्र रोचक बन्दै गएको छ। अब अन्तिम एक–एक खेलमात्र खेल्न बाँकी रहँदा म्यानचेस्टर सिटी र लिभरपुलमात्र उपाधिका दाबेदार हुन्।

समान ३७–३७ खेल खेलेका सिटी र लिभरपुल क्रमश ९५ र ९४ सहित लिगको शीर्ष र दोस्रो स्थानमा छन्। अर्थात् सिटी १ अंकलेमात्र लिभरपुलभन्दा माथि छ।

सोमबार राति लेस्टर सिटीविरुद्धको खेलसँगै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको हो। सिटीको जितमा डिफेन्डर भिसेन्ट कोम्पानीले निर्णायक गोल गरेका थिए।

अब हुने सिटी र लिभरपुलको अन्तिम खेलले उपाधि विजेताको छिनोफानो गर्नेछ। आगामी मे १२ तारिखमा विजेतको टुंगो लाग्नेछ।

मे १२ तारिखमा म्यानचेस्टर सिटी र ब्राइटन तथा लिभरपुल र उल्भरह्याम्पटनबीच भिन्दाभिन्दै खेलमा प्रतिस्पर्धा हुनेछ।

कस्तो अवस्थाले विजेताको छिनोफानो गर्छ?

अब हुने खेलमा दुवै टोली विजयी भए म्यानचेस्टर सिटी १ अंकले च्याम्पियन बन्नेछ।

दुवै टोली हारेको अवस्थामा समेत म्यानचेस्टर सिटी हालकै अंक तालिका अनुसार च्याम्पियन बन्नेछ।

त्यस्तै सिटीले जितेर लिभरपुलले हारेमा समेत सिटी नै विजेता बन्नेछ।

सिटी हारेको खण्डमा र लिभरपुलले जितेको अवस्थामा मात्र लिभरपुल विजेता बन्ने अवस्था छ।

थप अरु