एभेन्जर्स इन्डगेमको कमाई ऐतिहासिक, सर्वाधिक व्यापार गर्ने चलचित्रको दोस्रो स्थानमा उक्लियो

गत अप्रिल २२ मा रिलिज भएको हलिउड चलिचित्र ‘एभेन्जर्स इन्डगेम’को कमाई २ अर्ब अमेरिकी डलर नाघेको छ।

यस चलचित्र विश्वकै सबैभन्दा बढी व्यापार गर्ने चलचित्रको दोस्रो स्थानमा समेत पुग्न सफल भएको छ। हालसम्म यसको कमाई २.१८९ अर्ब डलर रहेको छ।

११ दिनमै २ अर्बको व्यापार गरेको यस चलचित्र इतिहासमै सबैभन्दा छिटो २ अर्ब कमाउने चलचित्र बनेको छ। साथै यस चलचित्र २ अर्ब डलर व्यापार गर्ने इतिहासकै पाँचौ फिल्म पनि बनेको छ।

मार्भल स्टुडियोको निर्माणमा बनेको एभेन्जर्स इन्डगेमले यही तवरबाट व्यापार गरे सबैभन्दा बढी व्यापार गर्ने चलचित्र बन्ने अनुमान गरिएको छ।

विश्वमा सर्वाधिक व्यापार गर्ने ५ चलचित्रहरु

१. अवतारः २.७८७ अर्ब अमेरिकी डलर

२. एभेन्जर्स इन्डगेमः २.१८९ अर्ब अमेरिकी डलर

३. टाइटेनिकः २.१८६ अर्ब अमेरिकी डलर

४. स्टार वार्सः द फोर्स अवेकन्सः २.०५४ अर्ब अमेरिकी डलर

५. एभेन्जर्स इन्फिनिटी वारः २.००३ अर्ब अमेरिकी डलर एजेन्सी

थप अरु