कारमा लागुऔषध यसरी लुकाएर ल्याउँदै गर्दा धादिङमा एक पक्राउ

Monday, May 6th, 2019 | | देश

कारमा खैरो हेरोइन र चरेस लुकाएर ल्याउँदै गरेका बेला धादिङमा एक जना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोले स्थानीय प्रहरीको सहयोगमा ९ सय ७८ ग्राम खैरो हेरोइन र ४७ किलाे चरेससहित कैलाली उपमहानगरपालिका-४ बेहडीका ४६ वर्षीय काल्चे बोहरालाई नियन्त्रणमा लिएको हो।

आइतबार राति १ बजे गजुरी-१, को सोतीखोला कच्ची सडकबाट राजमार्ग झर्दै गरेको डीएल ३ सीएडी ७०८१ नम्बरको मारुती सुजुकी कारबाट उक्त परिमाणमा लागुऔषध बरामद भएको हो।

प्रहरीका अनुसार कारको पछिल्लो सिटमुनि फल्स बटम बनाइ लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा बोहरा पक्राउ परेका हुन्।

अहिले अभियुक्त बोहरालाई गजुरी प्रहरी चौकीको नियन्त्रणमा रहेको धादिङ जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश विष्टले जानकारी दिए।

थप अरु