च्याम्पियन्स लिग फाइनल प्रवेशको खेलमा टोटनह्याम र आयाक्स भिड्दै

Tuesday, April 30th, 2019 | | खेलकुद

युइएफए च्याम्पियन्स लिगमा मंगलबार राति टोटनह्याम र आयाक्स अ्याम्स्टरड्यामबीच प्रतिस्पर्धा हुँदैछ।

पहिलो सेमिफाइनलको पहिलो लेग खेलमा टोटनह्याम र आयाक्स भिड्न लागेका हुन्।

खेल नेपाली समयअनुसार आजराति पौने १ बजे सुरुहुनेछ। दुवैबीचको दोस्रो तथा निर्णायक लेग मे ९ तारिखमा हुनेछ।

यसअघि टोटनह्याम म्यानचेस्टर सिटीलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गरेको हो।

आयाक्स क्रिस्टियानो रोनाल्डोको टोली युभेनट्सलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।

टोटनह्याम र आयाक्सबीचको विजेता फाइनलमा प्रवेश गर्नेछ। विजेताले बार्सिलोना र लिभरपुलमध्ये एक टोलीसँग उपाधि भिडन्त गर्नेछ।

दोस्रो सेमिफाइनलको पहिलो लेगमा बुधबार राति बार्सिलोना र लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ। यिनीहरुबीचको दोस्रो तथा निर्णायक लेग खेल भने मे ८ तारिखमा हुनेछ।

थप अरु