फ्रेन्चकपको फाइनलमा पराजित भएपछि नेमारले समर्थकको मुखमा मुक्का हाने (भिडियो)

Sunday, April 28th, 2019 | | खेलकुद

पिएसजीका ब्राजिलिएन स्टार नेमारले खेल समर्थकमाथि मुक्का प्रहार गरेका छन्।

शनिबार राति फ्रेन्चकपको फाइनलमा पराजित भएपछि नेमार आफ्ना खेलाडी साथीसँग उपविजेताको मेडल लगाउन समर्थकको बीचबाट अगाडि बढेका थिए।

त्यसक्रममा खेल हेर्न आएका दर्शकले उनीहरुको भिडियो बनाइरहेका थिए। भिडियो खिचिरहेका एक जनामाथि नेमार आक्रोश भए।

उनले मोबाइल खोस्न खोजे। खोस्न नसकेपछि नेमार र उनको केही सेकेन्ड आक्रमक शैलीमा हेराहेर हुन्छ।

त्यसपछि नेमार उनको मुखमा एक्क मुक्का हिर्काएर अगाडि बढ्छन्।

यस घटनाले नेमारको तिव्र आलोचना भइरहेको छ। फ्रेन्चकपको फाइनलमा रेनेससँगको खेलमा निर्धारित समय २–२ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो।

जसमा पिएसजी ६–५ ले पराजित हुन पुगेको थियो। अप्रत्याशित हारपछि नेमार निकै रिसाएका देखिन्थे। पिएसजीका लागि नेमार र ड्यानी आल्भेसले एक–एक गोल गरेका थिए। एजेन्सी

थप अरु