महालक्ष्मीले ल्यायो अन्तर्राष्ट्रिय प्रविधिको ‘जल पाइप्स एन्ड फिटिङ्स’

Friday, April 19th, 2019 | | अर्थ ⁄ वाणिज्य

महालक्ष्मी वायर्स एन्ड केबल्सको उत्पादन जल पाइप्स एन्ड फिटिङ्स औपचारिक रुपमा बजारमा सार्वजनिक भएको छ।

जापानको सेकिसुइ कमपनीसागको हसकार्यमा अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिएको कम्पनीले जानाकारी गराएको हो।

उक्त उत्पादन कार्यक्रममा मनिषा कोइराला, गिरिस जैन, पारस लुनिया र जापानबाट आएका अतिथि सेकिसुईले प्रोडक्टको संयुक्त रुपमा सार्वजनिक गरेका थिए। उक्त कार्यक्रममा अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैन र जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर मनिषा कोइराला लगाएतको उपस्थिति रहेकोे थियो।

कार्यक्रममा जापान सेकिसुइका अतिथिले जल पाइप्स एण्ड फिटिङस गुणस्तर र विश्वासको सङकेत भएको र उदेश्य ग्राहकलाई उच्च गुणस्तर दिने र विश्वास लिने बताए।

त्यसैगरी जल पाइप्स एण्ड फिटिङसकी ब्राण्ड एम्बास्डर तथा अभिनेत्री मनिषा कोइरालाले जल पाइप्स एण्ड फिटिङस जस्तो ब्राण्डको अंग हुन पाएकोमा खुसि ब्यक्त गरेकी थिइन्।

त्यस्तै कार्यक्रमबारे थप प्रष्ट पार्दै अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैनले पाइप र फिटिङस क्षेत्रमा काम गर्न खोजिरहेको बताउँदै यो अवसर जल पाइप्स एण्ड फिटिङसबाट पाएको बताए।

कार्यक्रममा हंसराज जैनले अरिहान्त नामको कम्पनी खोलेको जानकारी गराउदै त्यसपछि यो सफलता र विश्वासको यात्रा निरन्तर अघि बढिरहेको जानकारी गराइएको थियो।

अरिहान्त समूहका देशभर विभिन्न २२ वटा ब्यापारिक क्षेत्र ‘बिजनेस युनिट’मा संलग्न छ। अरिहान्त होलिडेज, महालक्ष्मी केबल्स, अरिहान्त अटोकोरुगेसन, अरिहान्त आइरन एन्ड स्टिल उधोग, अरिहान्त क्यामिकल्स, संसरा रेमिट तीमध्ये हुन्।

थप अरु