च्याम्पियन्स लिग: बार्सिलोनासँग हार्‍यो म्यानचेस्टर यूनाइटेड

Thursday, April 11th, 2019 | | खेलकुद

च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा आत्मघाती गोलमा भाग्यमानी बन्दै स्पेनिस क्लब बार्सिलोनाले इङ्लिस क्लब म्यानचेस्टर यूनाइटेडलाई १-० गोलअन्तरले पराजित गरेको छ।

यूनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा यूनाइटेडका लुक शअले आफ्नो पोस्टमा गरेको गोल निर्णायक बनेको थियो।

खेलको १२औं मिनेटमा बार्सिलोनाका लुइस सुआरेजको हेडर शअलाई बताउने प्रयास गर्दा आत्मघाती गोल हुन पुगेको थियो। भिडियो एसिस्टेन्ट रेफ्रीको सहायतामा उक्त गोलले मान्यता पाएको थियो।

यूनाइटेडमाथि च्याम्पियन्स लिगमा बार्सिलोनाकोव यो चौथो जित हो। यी दुईबीचको दोस्रो लेग बार्सिलोनाको मैदानमा १७ अप्रिलमा हुनेछ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनको अर्को खेलमा क्रिस्टियानो रोनाल्डोको टोली यूभेन्ट्स भने आयाक्ससँग १-१ को बराबरीमा रोकिएको छ।

थप अरु