ओपो एफ११ प्रो छिट्टै सार्वजनिक हुने, पानारोमिक स्क्रिनको प्रयोग

Monday, April 8th, 2019 | | सूचना/प्रबिधि

काठमाडौं–ओपोको नयाँ स्मार्टफोन ओपो एफ११ प्रोमा स्क्रिन टू बडी रेसियो सहितको आकर्षक फुल स्क्रिन उपलब्ध हुने कम्पनीले जनाएको छ ।

एफ सिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फंसनका साथै नयाँ फोनमा एफ नाइनको स्लिक ग्राडियन्ट डिजाइनका र विभिन्न नवप्रबर्तनात्मक प्रविधिहरुपनि उपलब्ध हुनेछन् ।

सार्वजनिक हुने तयारीमा रहेको एफ११ प्रोमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र राइजिङ क्यामेरा जडान गरिएका छन् । यसले उपभोक्तालाई थप आरामदायी र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्नेछ ।

फोनलाई नोच रहित बनाउन तथा आकर्षक फुल स्क्रिनका लागि पानारोमिक स्क्रिन डिजाइनको प्रयोग भएको छ । परम्परागत मोबाइलसँग तुलनात्मकरुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्क्रिन टू बडी रेसियोले ठूलो आकारमा तस्विर र दृष्य दिने कम्पनीको दावी छ ।

मोबाइल गेमर्स तथा मूभी लभर्सलाई विशेष ध्यान दिएर फोन बनेको छ । ओपोको एफ११ सिरिजले एफ सिरिजलाई थप नयाँ उचाई र लोकप्रियता प्रदान गर्दै आफ्नो परिचय सेल्फी एक्स्पर्टबाट ब्रिलियन्ट पोट्रेटका रुपमा स्थापित गर्न कम्पनी अग्रसर देखिएको छ ।

थप अरु