प्रदेश २ सरकारले माग्यो संघीय शिक्षामन्त्रीको राजीनामा

Friday, March 29th, 2019 | | राजनीति

१५ चैत, जनकपुरधाम । लगातार दोस्रोपटक एसईई परीक्षाको प्रश्नपत्र बाहिएको घटनामा केन्द्र सरकार जिम्मेवार रहेको प्रदेश २ सरकारले बताएको छ ।

प्रदेशलाई बद्नाम गराउन प्रश्नपत्र आउट गरिएको मुख्यमन्त्री लालबाबु राउतको आरोप छ ।

‘संघीयतालाई नरुचाउनेहरुले षड्यन्त्र गरेका हुन् । शिक्षाप्रति रुची बढ्दै गएको अवस्थामा प्रदेशलाई बद्नाम गराउने प्रयास भइरहेको छ’ राउतले अनलाइनखबरसँग भने ।

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशबाट प्रश्नपत्र नबाहिरिएको देखिएको बताए । संघ सरकारका निकायहरुले प्रश्नपत्र आउट गराएकाले संघीय सरकारका शिक्षा मन्त्रीले राजीनामा दिनुपर्ने उनको माग छ ।

प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र आउट भएको थियो ।

लगातार परीक्षा रद्द हुँदा विद्यार्थीलाई तनाव हुनुका साथै आर्थिक भार पर्ने भन्दै चिन्ता व्यक्त गरे । प्रश्न पत्र बाहिरिएको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिहेको भन्दै उनले दोषीलाई कुनै पनि हालतमा नछाडिने बताएका छन् ।

थप अरु