विप्लव नेकपाका नवलपरासी इन्चार्जसहित दुई नेता पक्राउ

Tuesday, March 26th, 2019 | | राजनीति

नवलपरासीमा विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्जसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेकपाका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई प्रहरीले सोमबार राति घरबाटै नियन्त्रणमा लिएको हो।

ज्ञवाली तत्कालीन नेकपा (माओवादी केन्द्र) को जिल्ला कार्यालय सचिव हुन्। पछि मोहन वैद्य नेतृत्वको समूहले छुट्टै पार्टी गठन गरे पछि उनी वैद्य नेतृत्वको पार्टीमा गएका थिए।

पछि विप्लवले वैद्यसँग छुट्टिएर छुट्टै पार्टी बनाए पछि उनी विप्लवको पार्टीमा लागेका थिए।

पक्राउ परेका उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय, कावासोती नवलपुरमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

थप अरु