युभेन्ट्सले अमेरिकामा इन्टरनेसनल च्याम्पियन्स कपको कुनै खेल नखेल्ने

Thursday, March 21st, 2019 | | खेलकुद

इटालिएन सिरि ए लिडर युभेन्ट्सले आगामी जुनबाट सुरुहुने इन्टरनेसनल च्याम्पियन्स कपका कुनै खेल अमेरिकामा नखेल्ने जनाएको छ।

रोनाल्डो विरुद्ध अमेरिकी नागरिक क्याथरिन मोयार्गाले गत वर्ष बलात्कारको आरोप लगाएकी थिइन्।

सन् २००९ मा रोनाल्डो म्यानचेस्टर युनाइटेडका खेलाडीहुँदा अमेरिका भ्रमणका क्रममा रोनाल्डोले आफूलाई लास भेगासको होटलमा बलात्कार गरेको मोयार्गाको आरोप रहेको छ।

अमेरिकी प्रहरीले बलात्कारको घटना छानविन गरिरहेको छ। आफ्ना स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो अमेरिकामा पक्राउ पर्ने संभावना भएपछि युभेन्ट्ले अमेरिकामा कुनै खेल नखल्ने जनाएको हो।

न्यु योर्क टाइम्सले युभेन्ट्ले अमेरिकामा कुनै खेल नखेल्ने पुष्टि गरेको छ।

यद्यपी युभेन्ट्सले सिंगापुर, चीन, वेलायतमा भने खेल खेल्ने जनाइएको छ। एजेन्सी

थप अरु